फेसबुकमा साँघुरिएको जीवनशैली

विचार / ब्लग

डा. देवीप्रसाद आचार्य

कम्प्युटरको पुख्र्यौली खोज्दै जाँदा सन् १८२३ मा बेलायतका चाल्र्स बाबेजले पहिलो पटक कम्प्युटरको आविष्कार गरेको पाइन्छ । बाबेजको सिद्घान्तलाई अनुसरण गर्दै उत्तरवर्ती विद्वान तथा वैज्ञानिकहरूले नयाँनयाँ क्षमता भएका कम्प्युटरहरूको विकास गर्दै गए । विश्वको सबभन्दा पुरानो विद्युतीय कम्प्युटर भने सन् १९४६ मा पेन्सिलवानिया विश्वविद्यालयका इन्जिनियर जेपी एकर्ट र जेडब्लू मोचले निर्माण गरेका हुन् । कम्प्युटरको विकास क्रममा अहिलेसम्म आइपुग्दा अद्भूत क्षमता भएका कम्प्युटरहरूको विकास भएको छ ।

अहिले विश्वजगत्मा कम्प्युटरको प्रयोग व्यापकरूपमा भएको पाइन्छ । व्यापार, उपचार, शिक्षा, मनोरञ्जन, सरकारी कार्य, वायुयानलगायतका क्षेत्रमा कम्प्युटरको प्रयोग भएको छ । विशेषगरी भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान र इन्जिनियरिङ क्षेत्रमा प्रयोग हुने उपकरणहरूको चित्रहरू कम्प्युटरद्वारा नै तयार गरिन्छ । अन्तरिक्षमा बस्ती बसाउन तम्सिरहेका विकसित मुलुकले कम्प्युटरबाट नियन्त्रित यन्त्र मानवहरू अन्तरिक्षमा प्रयोग गरिएका छन् ।

अन्तरिक्षमा जाने रकेट, क्रित्रिम भू–उपग्रह, तथा अन्तरिक्ष यानहरूको वेगको नियन्त्रण पनि कम्प्युटरको माध्यमबाट नै गरिन्छ । यसको अतिरिक्त बिरामीहरूको शल्यक्रिया पनि कम्प्युटरबाट गर्न थालिएको छ । कम्प्युटरमा निर्मित कैट् स्केनर र एनएमआर स्केनरजस्ता यन्त्रहरूको विकास भएको छ, जसलाई मानिसको फोक्सो र मस्तिष्कमा पठाएर बिरामीमा लागेको रोगलाई तत्कालै पत्ता लगाउन सकिने भएको छ । यसका साथै बिरामीको स्वास्थ्यको अवस्था पनि यसबाट बुभ्mन सकिने भएको छ । यसरी हेर्दा कम्प्युटर आजको २१औं शताब्दीको समाजका लागि अत्यन्त उपयोगी साधन बनिसकेको छ ।

यन्त्रमानव विज्ञानको चमत्कारिक उपलब्धि हो । यसको सञ्चालनका लागि पनि कम्प्युटर आवश्यक हुन्छ । आजका विकसित देशले मनिसले गर्न नसकेका जोखिम कामहरू गर्नका लागि यन्त्र मानवको उपयोग गरिरहेका छन् । यन्त्र मानवहरूले पानीको गहिराइमा गएर डुबेका समानहरू खोज्न, बलिरहेको आगोमा हात हालेर कोइला समात्न, रूखबाट पाकेका फल टिप्न, कुचो लगाउन, चिया पकाउन, भाँडा माभ्mन, घरको चौकीदारी गर्न, पाहुनाको सत्कार गर्न, केटाकेटी खेलाउन, हुर्काउन, ओछ्यान लगाउन, गमलामा पानी हाल्न, अस्पतालमा बिरामी कुर्न, अन्धालाई बाटो देखाउने जस्ता कार्य गर्छन् ।

इन्टरनेट कम्प्युटरभित्रको एउटा चामत्कारिक उपलब्धि हो । इन्टरनेट कम्प्युटरका माध्यमबाट विश्वका जुनसकै देशमा रहेका सूचनाहरूलाई तत्काल उपलब्ध गराउन सक्ने अत्याधुनिक सुविधायुक्त साधन हो । यसले विश्वको कुनै पनि सूचनालाई बिजुलीको जस्तो गतिमा पु¥याउने कार्य गर्छ । दूरसञ्चारका क्षेत्रमा भएको सुविधाले आजको मानिसले एक महाद्वीपबाट अर्को महाद्वीपमा वा एक ठाउँबाट अर्को ठाउँमा तत्कालै सम्पर्क गर्न सकिने भएको छ । यसको माध्यमबाट विश्वजगत्मा भएका विभिन्न प्रकारका ज्ञान प्राप्त गर्न सकिन्छ । इन्टरनेटमा व्यापार, मनोरञ्जन, शिक्षा, कला, इमेल, रेडियो, भिडियो, टेलिफोन, प्mयाक्स, खेल, पुस्तकालय आदि इत्यादिको सुविधा उपलब्ध छ ।

अहिले नेपालमा इन्टरनेट प्रयोग गर्ने साइबर क्याफे पसलहरू प्रशस्त खुलेका छन् । यी क्याफेहरूमा विभिन्न उमेर समूहका मानिसले आप्mनो मन परेको वेबसाइट खोलेर थुप्रै ज्ञानगुनका कुराहरू सिकिरहेका छन् । आप्mना निजी मेलहरूमार्फत आ–आप्mना इष्टमित्र, साथीभाइसँग विचार आदानप्रदान गर्नुका साथै व्यापार तथा कार्यालयीय काम गर्नसमेत सुविधा भएको छ । यसैगरी इन्टरनेटको गुगलभित्रका ज्ञानहरू सिक्न र अनुसन्धानको क्षेत्रमा पनि ज्ञान बढाउन सहयोग पुगेको छ । यस अर्थमा इन्टरनेट आज, हुलाक, व्यापार, पुस्तकालय, विश्वविद्यालय तथा मनोरञ्जन स्थलका रूपमा प्रयोग भइरहेको छ ।

फेसबुक इन्टरनेटभित्रको नवीनतम् उपलब्धि हो । सन् १९०४ मा बेलायतका मार्क जुकर्वर्गले पहिलोपटक फेसबुक प्रयोगमा ल्याएका हुन् । आज विश्वमा करोडौंको संख्यामा फेसबुकका प्रयोगकर्ताहरू छन् । हाम्रो देशको सन्दर्भमा लोकतन्त्रपछाडि सबभन्दा विकास भएको क्षेत्र सञ्चार हो, भनिन्छ । एकातिर कम्प्युटर र यसबाट सञ्चालित विभिन्न कार्यक्रमहरू समाजको अभिन्न अंगजस्तै भएको अवस्था छ भने अर्कोतिर यसका नकारात्मक पक्षहरू पनि त्यत्तिकै जोखिमपूर्ण छन् । फेसबुक चलाउन पाउने वा नपाउने कुनै उमेर समूह नभएकाले विद्यालय उमेर समूहका विद्यार्थीदेखि विभिन्न उमेर समूहका मानिसले फेसबुकको प्रयोग गर्ने गर्छन् । समाजमा साइबर अपराधहरू पनि बढिरहेको तथ्यांक छ ।

बालबालिकाहरू इनटरनेटका वेशसाइटमा राखिने अश्लील तस्बिरहरूलगायत हिंसा तथा यौनजन्य विषयवस्तुहरू पनि राखिने हुनाले बालमस्तिष्कमा नकारात्मक प्रभाव परेको बालमनोविज्ञहरूको बुझाइ छ । साथै छोराछारीहरूले फेसबुकमा धेरै समय बिताउने गरेकोे अभिभावकहरूको गुनासो छ ।

फेसबुक आजको युवा पुस्ताको रुचिको विषय हो । समाजमा विद्यालय तहदेखि उच्च शिक्षासम्मका शिक्षार्थीहरू एवं प्रशिक्षक, कर्मचारी, व्यापारी, गृहिणीलगायतका विभिन्न उमेर समूह फेसबुक तथा ट्वीटरका प्रयोगकर्ता भएको पाइन्छ । फेसबुकभित्रको म्यासेन्जरमार्फत फ्रिकल, भिडियोकल, च्याटिङजस्ता सुविधाहरूले प्रयोगकर्ताहरूमा आकर्षण बढाएको पाइन्छ । टाढा रहेका आफन्त, साथीभाइ वा इष्टमित्रसँग कुराकानी गर्ने सुविधा भएकाले यसको लोकप्रियता बढ्दै गइरहेको छ ।
हाम्रो समाजमा बेरोजगारी, आर्थिक अभाव र पछौटेपन व्याप्त छ । रोजगारीका लागि ठूलो संख्यामा युवा पुस्ताहरू विदेशमा छन् । उनीहरूले पठाएको विप्रेषणको ठूलो हिस्सा खाद्यान्न तथा सञ्चारको क्षेत्रमा खर्च हुने गरेको अर्थशास्त्रीहरूको भनाइ छ । यस अर्थमा देशमा भित्रिएको विप्रेषणको रकम उत्पादनशील क्षेत्रमा लगानी हुन सकेको छैन । सञ्चारको विकाससँगसँगै बदलिएको जीवनशैलीका रूपमा मोबाइलको प्रयोग पनि बढ्दो देखिन्छ । स्मार्टफोन र फेसबुक प्रयोगकर्ताहरू दिन प्रतिदिन बढ्दै गएको तथ्यांक छ ।

हाम्रो समाजमा तीव्र विकास भएको सञ्चारको सुविधा र इन्टरनेट सञ्जाल हो । इन्टरनेटको एउटा सामाजिक नेटवर्क फेसबुक हो । अहिले घर परिवारका सदस्यहरू इन्टरनेटका वेशसाइटहरू वा फेसबुकमा धेरै समय बिताउने गरेको ज्येष्ठ नागरिकको गुनासो छ । फेसबुकको प्रयोगले युवा पिंढीलाई एक्लै रमाउने, एकोहोरो बनाउनुका साथै आपसी छलफल र अन्तक्र्रिया गर्ने बानी र व्यवहारहरू साँघु¥याएको मनोविद्हरूको बुझाइ छ इन्टरनेटको सुविधा भएका सहर, बजार र गाउँहरूमा घरका सदस्यहरू आ–आप्mनो तालमा कम्प्युटर, ल्यापटप वा मोबाइलमा व्यस्त हुने भएकाले पारिवारिक अन्तक्र्रियामा कमी आएको छ । घरपरिवारमा सदस्यहरूका बीचमा दुःख, सुख, छलफल वा आपसी कुराकानीहरू छोटिएको अभिभावकहरूको अनुभव छ ।

त्यसो त समाजमा कम्प्युटर, इन्टरनेट, फेसबुकलगायतका प्रयोगकर्ताहरूको बारेमा विविध मतहरू पाइन्छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई इन्टरनेट, फेसबुक तथा डिजिटल सुविधाको कारण उनीहरूको पढाइलेखाइमा रुचि घटेको लामो समयसम्म शिक्षा क्षेत्रमा अनुभवी गुरु अनुप आचार्यको बुझाइ छ । किशोर किशोरीहरूलाई कम्प्युटर र यसभित्रका सुविधाको प्रयोगका बारेमा अभिभावक तथा शिक्षण संस्थाहरूले राम्ररी बुझाउनुपर्ने विचार कम्प्युटर प्रशिक्षक रूपेन्द्र गुरुको छ । यसैगरी अहिलेको बदलिँदो समाज र डिजिटल सुविधाले विद्यार्थीको अनुशासनमा नकारात्मक प्रभाव परेको बुझाइ शिक्षण क्षेत्रमा आबद्घ सन्तोष पौडेलको छ ।

छोराछारीहरूले घरमा फेसबुक र इन्टरनेटमा समय बिताएर हैरान बनाएको धेरै अभिभावकको गुनासो छ । बालबालिकाहरूले घरमा धेरेजसो समय इन्टरनेट र फेसबुकमा बिताउने भएकाले उनीहरूले नियमितरूपमा अध्ययन नगर्ने र पढाइमा रुची घट्दै गएको अध्ययनहरूले देखाएका छन् । विद्यार्थीहरू फेसबुकमा बढी भुल्ने गरेको र यसबाट नियमित अध्ययनमा बाधा पुग्ने गरेको पाइएको छ ।

उल्लिखित तथ्यांकहरूले आजका शिक्षालयमा अध्ययन गर्ने बालिकाहरूले पढाइलेखाइमा भन्दा पनि इन्टरनेटसँग जोडिएका सुविधा र मनोरञ्जनहरूमा बढी समय बिताउने गरेको पुष्टि हुन्छ । सामाजिक सञ्जालमा ज्ञान आर्जनको फराकिला सुविधाहरू हुँदैहुँदै पनि समाजका बालबालिका तथा किशोरकिशोरीहरू मनोरञ्जनमा बढी साँघुरिएको अवस्था देखिन्छ । तसर्थ आजको नयाँ पुस्तालाई बदलिँदो समाज र आधुनिक ज्ञान, विज्ञान र प्रविधिको सुविधाबाट वञ्चित नहुनेगरी इन्टरनेट सञ्जालभित्रका फाइदाहरू उचित तरिकाले प्रयोग गर्न र गराउन बालमनोविमर्शका साथै प्रशिक्षणको खाँचो छ ।राजधानीबाट साभार

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *