वाम गठबन्धन र नेपाल–भारत सम्बन्ध

विचार / ब्लग

विपिन देव

प्रजातन्त्र र परिवर्तन पर्यावाची शब्द हुन् । परिवर्तनले प्रजातन्त्रलाई गतिशीलता र स्थायित्व दिन्छ । वामपन्थी गठबन्धन परिवर्तनको एउटा बिम्ब हो र प्रयोग हो । वाम गठबन्धनको राजनीतिक वर्चस्वले विभिन्न प्रश्न र आशंका छापाखानादेखि जनजनमा बहसको विषय भएको छ कि ‘यसको भारतसँगको सम्बन्ध कस्तो होला ?’ अर्थात् भारतसँगको सम्बन्धको कसीमा नै यसको सफलताको मापन गर्न सकिन्छ भन्ने केही जानकारको बुझाई बाहिर नआएको होइन । प्रस्तुत आलेखमा वाम गठबन्धनको सरकारले दुवै देशको हित हुनेगरी कस्तो नीति लिन्छ र यो सम्बन्धले नेपाल–भारतको सम्बन्धले उचाइ लिन्छ भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

खास गरेर हामी के कुरामा प्रस्ट हुनुपर्छ भने वाम गठबन्धनको बहुमत धेरै कारक तŒवमध्ये बढी आन्तरिक कारण नै पर्छ । एकातर्फ राजनीतिक विश्लेषण यो छ कि वाम गठबन्धनको वर्चस्व नेपाली कांग्रेसको कमजोरीले भएको हो । कांग्रेसले आफ्नो एजेन्डा अगाडि बढाउनुको सट्टा कम्प्युनिस्ट अधिनायकवादलाई नै बढी चित्रित गर्नु, राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा प्रस्ट अडान नलिनुले नै वाम गठबन्धनको स्थिति बलियो भएको हो ।

नेपाली कांग्रेसले आफ्नो अतितलाई बखान गर्दै समय बितायो र भविष्यको मार्गदर्शनको रेखा कोर्न जमर्को देखाएन । जानकारहरूका अनुसार राजनीतिक सञ्चारको कमी, नेतृत्व वर्गहरूको समन्वयको अभाव, ‘भोट क्याचिङ’ नेतृत्वको कमीले नै गर्दा कांग्रेसको कमजोर प्रदर्शन भयो । भन्नुको अर्थ वाम गठबन्धनको उचाइ बढ्नु एन्टी इन्डियन फ्याक्टर महŒवपूर्ण होइन । यस तर्कलाई एसडी मुनि (नेपाल–भारत सम्बन्धका जानकार) अलि फरक ढंगले राख्छन् । उनले वाम गठबन्धनको विजयलाई ‘नियो नेपाली नेसनालिजम’ को संज्ञा दिएका छन् । अब प्रश्न उठ्छ कि नियो नेसनालिजम र तथाकथित नेसनालिजममा फरक हुनुपर्छ । तथाकथित राष्ट्रवाद नेपाल–भारत सम्बन्धका लागि घातक भएको प्रमाण हामीसँग छँदै छ ।
णाहरूले राजा त्रिभुवनलगायत उनका सहयोगीलाई भारतपरस्त भन्नु, पञ्चायतका कार्यकर्ता प्रजातन्त्रवादीलाई भारतपरस्त भन्नुजस्ता अनेकौं उदाहरण तथाकथित राष्ट्रवादका उदाहरण हामीसमक्ष छन् । त्यस अर्थमा अब हामी राष्ट्रवादलाई २१औं शताब्दी र बढ्दो भूमण्डलीकरणको चेतनाको उचाइमा गएर व्याख्या नगरी अर्को उपाय छैन । यस अर्थमा आउने वाम गठबन्धनको सरकारले नेपाल भारतको सम्बन्धलाई यथार्थको धरातलमा पाइला टेकेर अगाडि बढाउनुपर्छ । अर्थात् नेपाल र भारतको सम्बन्धलाई चीनको चस्माबाट वा छायाबाट हेर्नु दुईटै मुलुकलाई फलदायी हुनेछैन ।
रतीय राजनीतिको एउटा कमजोर पक्ष के छ भने भारतले नेपालमा चीनको प्रभावलाई बडो आशंकाका साथ हेर्दै छन् । अर्कातर्फ चीन दक्षिणी एसियाका मुलुकमा आफ्नो वर्चस्व कायम गर्न आक्रामक ढंगले बढिरहेको छ । त्यसका विभिन्न पाटाहरू छन् । बजारमा प्रवेश, मालाका स्टेटमा पकड बढाउनु, हिन्द महासागरमा पहुँच बढाउनु आदि । यस अर्थमा नेपालमा चीनको पहुँचलाई रोक्न सक्नु कूटनीतिक रूपमा भारतका लागि सम्भव छैन । किनभने भारत आफ्नो पूर्वाधार विकासका लागि चीनसँग व्यापक सहकार्य गरेको देखिन्छ । यदि त्यसले भारतको सुरक्षाको संवेदनशीलतालाई नोक्सान गर्दैन भने भारतले छिमेकीलाई चीनसँगको सहकार्यमा अनावश्यक रूपले हस्तक्षेप र चासो राख्नुपर्ने त्यति कारण छैन । बरू नेपालजस्तो मुलुकले चीनको आन्तरिक नियतबाट अवगत हुनुपर्छ । चीनले लगानी गरेका मुलुकहरू कसरी डेब्ट ट्र्यापमा परेको छ भने सूक्ष्म विश्लेषण गरेर चीनसँग मात्र सहकार्य गर्नुपर्छ । म्यानमार, पाकिस्तान र श्रीलंका चीनको डेब्ट ट्र्यापबाट छटपटाइरहेको कुरा जगजाहेर छ ।

अर्को बाटो के हो भने नेपाल र भारतको सम्बन्धमा चीन बाधक हुनसक्दैन नत चीन र भारतको सम्बन्धमा नेपाल बाधक हुन सक्छ । चीनको भारतसँग बढी व्यापार चीनको पूर्वीय भागमा छ, जसमा भारतसँग सीधा नाका छ । अर्थात् बदलिँदो परिस्थितिमा नेपाल भारत सम्बन्धलाई परिमार्जित गर्न नेपाल र भारत दुवै मुलुकले चीनको छायाबाट मुक्त भई खुला हृदयले र २१औं शताब्दीको चेतनाअनुरूपले अगाडि बढ्नुपर्छ ।

नेपाल र भारत सम्बन्धलाई आउने दिनमा अगामी वाम गठबन्धनको सरकारले आर्थिक परस्पर हितको आधारमा अगाडि बढाउनुपर्छ । त्यसमा सर्वप्रथम स्पस्ट हुनुपर्छ कि दुईवटै मुलुकको नेतृत्वको माइन्डसेट परिवर्तन गर्नुपर्छ । भारतका प्रथम प्रधानमन्त्री पण्डित नेहरूले तत्कालीन नेपालका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पत्र लेखी कमनवेल्थ लन्डनमा डेलिगेसनका लागि बढी खर्च नगर्नु भनेका थिए भने भारतका तत्कालीन राजदूत सीपी सिंहले नेपाल सरकारलाई मन्त्रिमण्डलका लागि लिस्ट नै दिन्थे । यो मनोवृित्तबाट भारत सरकार अहिले प्रभावित नभएता पनि नेपालमा यो मनोविज्ञानको प्रभाव कहिलेकाहीँ नदेखिएको होइन, त्यस्तै नेपाली नेतृत्वले ८ हजार ५० फिटको चोटीबाट तेल ल्याउने भन्ने आर्थिकरूपले अपरिपक्व नीति उद्घोष गर्नुहँुदैन ।

आउने दिनमा वाम गठबन्धनको सरकारले भारत र नेपालको कूटनीतिलाई भड्काउने, लडाउने, मिथ्या मिडिया खेती गर्ने तŒवलाई राजनीतिक र कूटनीति क्षितिजबाट टाढा गर्न पिपुल टु पिपुल डिप्लोम्यासीलाई क्रियाशील बनाउनुपर्छ । पिपुल टु पिपुल डिप्लोम्यासी भन्नाले जनजनबीचको अन्तत्र्रिmया मात्रै होइन कि जनजनको अपेक्षा र समस्यालाई जनस्तरबाट नै समाधान गर्न मेकानिजम बनाउनुपर्छ । भारत आफ्नो सुरक्षा मामिलामा बडो सशंकित छ ।

विगतका प्लेन हाइज्याक, जाली नोटको कारोबार र इस्लामिक अतिवादीको गतिविधिले भारतले शंका हुनु स्वाभाविक नै हो । यी गतिविधिबाट भारतभन्दा नेपाललाई कम नोक्सान हुँदैन । नेपालमा भारतीय पर्यटकले अर्थतन्त्रमा ठूलो प्रभाव पारेका छन् । कान्दहार हाइज्याकपछि नेपाल आउने पर्यटकको संख्या घट्यो । पछि माओवादी जनयुद्धले त पर्यटक व्यापार ध्वस्त नै पा¥यो । भनाइको अर्थ नेपाल भारत सम्बन्धलाई मधुरता दिन पिपुल टु पिपुल डिप्लोम्यासीलाई घनिभूत रूपमा अगाडि बढाउनुपर्छ । वाम वठबन्धनको बारेमा जुन किसिमको भ्रमात्मक मिडिया बार पश्चिमा जगत्ले गर्दै छ, त्यसलाई चिर्न आउने दिनमा सरकारले आफ्नो आर्थिक कार्यक्रम र बहुदलीय प्रतिस्पर्धाको राजनीतिलाई बडो खुला दिलले अगाडि सार्नुपर्छ ।
यसबाट अर्को शब्दमा भन्ने हो भने भारतीय लगानीकर्तालाई निवेश गर्न आउने सरकारले पूर्णरूपमा भरोसा र विश्वास दिलाउनुपर्छ । यस अर्थमा हामीले एकपटक फेरि सोच्नुपर्छ कि यदि हामी तिब्बत र बिहारलाई एउटै चस्माबाट हेर्ने हो भने फेरि अव्यावहारिक राष्ट्रवाद हुन्छ । तिब्बतसँग टे«न मार्ग हुने भए पनि तिब्बतेलीहरू खुलारूपमा नेपाल आउन सक्दैनन् किनकि चीन आफ्नो सुरक्षा संवेदनशीलता र तिब्बतमा भइरहेको पश्चिमा चलखेल बडो संयमताका साथ लिन्छ । त्यसै नेपालीलाई पनि पूर्णरूपमा तिब्बतमा घुलमेल हुन दिँदैन । यस अर्थमा जब पिपुल र पिपुल घुलमेल हुँदैन, अर्थतन्त्र चलायमान हुँदैन । यी कारणले गर्दा आर्थिक प्रगतिलाई मध्यनजर राखी नेपाल र भारतको पिपुल टु पिपुल सम्बन्धलाई हरेकस्तरबाट अगाडि बढाउनुपर्छ ।

नेपाल र भारत सम्बन्धलाई नयाँ आयम दिन नेपालले ‘स्टारट्रेजिक क्लचर’को विकास गर्नुपर्छ । ‘स्टारटे«जिक क्लचर’ भन्नाले हरेक गतिविधिबाट नेपालको सुरक्षा र अर्थतन्त्रलाई कुनै किसिमको नोक्सान हुनुहँुदैन । नेपाल–भारत सम्बन्धका जानकार एसडी मुनिले प्रस्ट भनेका छन् कि भारतको लगानी अफगानिस्तान र बंगलादेशमा भन्दा नेपालमा अपेक्षाकृत कम भएको छ, जबकि नेपालसँग भएमा नेपाल र भारत दुवैलाई बढी फाइदा हुन्छ । यसको मुख्य कारण नेपालमा राजनीतिक अस्थिरता र भारतविरोधी भावनाको दुष्प्रचार अनि भारतमा चाहिँ चीन फोबिया र कम्युनिस्टप्रति पूर्वाग्रह नै हो ।

अबको अवस्थामा खास गरेर वाम गठबन्धनले देशमा स्थायित्व दिन सफल हुनुपर्छ र अनावश्यक रूपमा देशलाई अहित हुने नारा दिन बन्द गर्नुपर्छ भने भारतले २१औं शताब्दीको चेतना र गुजराल डोक्ट्रिन (सानो देशको हितलाई बढी ध्यानमा राख्ने) नीतिअनुरूप नेपाल र भारत सम्बन्धलाई अगाडि बढाइ अर्थतन्त्रलाई दु्रतगतिले अगाडि बढाउनुपर्छ । स्मरण रहोस् कि जबसम्म नेपालले आफ्नो विकासको रोडम्याप आफैं कोर्दैन, तबसम्म भारतसँगको विकाससम्बन्धी सहकार्य कला, संस्कृति, धर्म र बेटी र रोटीको सुगा रटाईले मात्र सम्भव हुँदैन ।राजधानीबाट साभार

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *