फलामको चिउरा बन्दै शिक्षा

विचार / ब्लग

रमेश भट्टराई ‘सहृदयी’
आजको शिक्षामा शिक्षकलाई शिक्षण कार्य फलामको चिउरा चपाएर पचाउनुभैmं बन्दै छ, प्रयोगात्मकताका हिसाबमा अनि व्यवहारिकताका हिसाबमा । भनिन्छ, बालमैत्री शिक्षा दिनुपर्छ, बालकका इच्छामा असर पार्नुहुँदैन, रुचिपूर्ण सिकाइलाई वैज्ञानिक ढंगमा शिक्षण गर्नुपर्छ । फेरि शिक्षकलाई ‘खान पनि दिन पाइँदैन, तर मोटाउनुपर्छ’ भन्ने सिद्धान्तको झोला भिराइन्छ । पुस्तकका पाना अक्षरशः नपढाए आलोचना हुन्छ्, आरोप लाग्छ । परीक्षामा विद्यार्थीले प्राप्त गरेका प्राप्तांकमा विद्यार्थीको मूल्यांकन हुन्छ ।

अर्को कुरा ४० मिनेटको एउटा पिरियडमा कति विद्यार्थीलाई शिक्षकले आँखा पु¥याएर सिकाइरहेको होला अर्थात् जान्ने र नजान्नेका लागि ककसलाई कसरी हेरेको होला । स्तरगत अध्यापन गरेर सबै विद्यार्थीलाई शिक्षण सिकाइमा सबल तुल्याउन के कस्ता विधि र प्रविधिको उपयोग गरिरहिएका होलान् । के जान्नेको स्तर सुहाउँदो अनि कमजोरको स्तरसँग मिल्दो विषयवस्तुलाई एकै समयमा समायोजन गरेको होला त ? सायद यी विषय केवल ठूला–ठूला सिद्धान्तमा पु¥याएर विश्लेषित हुन्छन् ।

यहाँ एरिस्टोटल, रुसो, डिवे, पेस्तालोजीजस्ता विद्वानका विचारलाई ठेलीका ठेली पढ्ने पढाउने गरिन्छ । दार्शनिक र शिक्षा मनोवेत्ताका सिद्धान्त प्रमाणपत्रमा उच्च स्थान ल्याउनमा सीमित राख्नुपरेका पीडालाई राज्यले कहाँ सम्बोधन गर्न सक्यो र ? शिक्षण कार्य कला र विज्ञानको संगम अवश्य हो । सत्य पक्ष सत्य नै हुन्छ, यसमा शिक्षक जिम्मेवार छ, साथमा अभिभावक, शिक्षक प्रशासन र स्वयं विद्यार्थीको सहकार्य हुन्छ । विद्यार्थीलाई एउटै समयमा नृत्य सिकाउनुछ, कराँते खेलाउनु छ, गायनमा रुचि छ, फुटबल, भलिबल या त अन्य चित्रकला, हस्तकलामा चाहना छ र सिकाउनु छ । यसर्थ शिक्षण कार्यलाई सानो कार्य सम्झने परिपाटीबाट हामी उम्कन नसकेको बिडम्बनाले इतिहास रचिसक्यो । तर यो तीतो यथार्थलाई बदल्नु छ ।

कक्षामा ३० जनाभन्दा बढी शिक्षार्थी हुन्छन्, तिनको मनोविज्ञान बुझेर स्तरअनुकूल सिकाउनु कुनै सामान्य कुरा होइन । एउटै विषयवस्तुलाई फरक शिक्षकले फरक–फरक ढंगले सिकाउँछन् । तर लिखित मूल्यांकनमा एउटै प्रश्न सोधिन्छ । कापी जाँचकीले आफ्नै मनोविज्ञानबाट मापन गर्दा विद्यार्थीको बौद्धिकताको उचित मूल्यांकन पनि त हुँदैन । त्यही स्तरका कसैले प्रशस्त विषयवस्तु पाए, कुरा स्पष्ट बुझे, अभ्यासको अवसर मिल्यो । परीक्षामा सोही प्रश्न आयो भनेपछि राम्रै हुने भो ।

अर्को विद्यालयको विद्यार्थीले सो अवसर पाउन सकेन । त्यसमा होला शिक्षक पनि तालिम प्राप्त प्रमाण पुगेकै होला तर त्यो ज्ञान, सीप र सक्षमता उसमा छैन । अर्थात् ज्ञान छ, विद्यार्थीमा पस्कन सक्दैन । यसमा शिक्षकहरूको लगाव, सक्षमता, पेशाप्रति दक्षता, सन्तुष्टि, दिइने पृष्ठपोषणको प्रत्यक्ष असर पर्छ । ट्युसनमा जति प्रभावकारी पढाउँछन् त्यति कक्षामा शिक्षकले जाँगर चलाउँदैनन् । हुन त यसमा शिक्षकले बौद्धिक भ्रष्टाचार गर्दैनन् भन्ने पनि छैन । त्यो विषय पेसागत विकासको कुरा बुझेका शिक्षकमा निर्भर रहन्छ । शिक्षक मनोविज्ञानले प्रत्यक्ष असर पार्छ भन्दा फरक नपर्ला ।

ट्युसनमा जति प्रभावकारी पढाउ“छन् त्यति कक्षामा शिक्षकले जा“गर चलाउ“दैनन् । हुन त यसमा शिक्षकले बौद्धिक भ्रष्टाचार गर्दैनन् भन्ने पनि छैन । त्यो विषय पेसागत विकासको कुरा बुझेका शिक्षकमा निर्भर रहन्छ । शिक्षक मनोविज्ञानले प्रत्यक्ष असर पार्छ
अर्को पक्ष, खेदाउने तर नभेट्टाउने नाटक गर्ने शिक्षकलाई विद्यार्थी मनोविज्ञानको ज्ञानको खाँचो छ । शिक्षक अब मनोचिकित्सकभन्दा के कम छ र ? आज विद्यार्थीका चाहना असीमित छन्, मूलतः प्राविधिक सामान मोबाइल, इन्टरनेट, फेसबुक, आदिमा भुलिरहने तिनको आदत हुन्छ । हामी तिनलाई फेसबुक, युट्युबबाट टाढा राखेर किताबी रटानमा जोड दिन्छौं ।

विद्यार्थी कति बाठो छ, फेसबुकको म्यासेजमा जान्ने विद्यार्थीबाट गृहकार्य माग्छ अनि शिक्षकलाई सारेर देखाउँछ, आफ्नो मौलिकता शून्य । किताब खोलेर बस्छ तर मोबाइलको खेलमा व्यस्त हुन्छ । यस्ता विषयमा अद्यावधिक बन्न नसके शिक्षकले कसरी तिनका आकांक्षालाई खोतल्न सक्ला र ? फिल्म हेर्दा राति १२÷१ जति बजाउँछ । अनि भोलिपल्ट विद्यालयमा पढ्न जाँदा कक्षामा सुत्छ । प्रत्येक शिक्षकले अलिकति पढाउँछन् अनि गृहकार्य पालैसँग दिन्छन् । उसलाई बोझिलो भारी थपिदिन्छन् तर उसलाई त्यसमा चाहना छैन । अर्को कुरा एउटा एकाइको गृहकार्य नसकिँदै अर्को थपिँदा ऊ अरु विद्यार्थीको तुलनामा कमजोर बन्दै जान्छ । विस्तारै शिक्षकबाट टाढा बन्दै जाँदा ऊ क्षमतावान् हुन्छ तर पनि ऊ कमजोरको दर्जातिर लम्किन पुग्छ ।

यसरी हेर्दा शिक्षकले जागिर खान्छन्, विद्यार्थी पनि कसैका लागि पढिदिन्छन् । शिक्षकलाई कुनै पार्टीप्रति झुकाव हुन्छ या कसैले जागिरमा झुन्ड्याइदिन्छ अनि ऊ पार्टीको पुच्छर बन्छ । जागिर जोगाउन, बढुवा हुन वा जागिरको अस्तित्वलाई सानसहित बढावा दिनुछ भने पार्टीको गुलाम बन्नैपर्ने बाध्यता शिक्षामा निसंकोच जोडिएका घटना आजकै हुन् । निजी संस्थातिर हेर्ने हो भने न त शिक्षकलाई खुसी दिइन्छ । जतिसक्दो कम तलब दिएर शिक्षकलाई सकेसम्म जोत्न सकिन्छ ।

शिक्षक पनि प्रधानाध्यापकको आँखा छल्न तत्पर हुन्छन् । सरकारीतिर हेर्दा शिक्षकले विद्यालयमा हाजिर गर्दै जागिर खान, बढुवा हुन, सरकारी जागिर खाएको अनुभव पनि त बटुल्नुप¥यो । जब हतियार नै भुत्ते हुन्छ अनि काम कसरी बन्छ ? सरकारी विद्यालयका कैयौं शिक्षकलाई राजनीतिक पक्षपोषणको मोह छ, शिक्षालय राजनीति खेल चर्काउने सजिलो र बलियो आधारशीला बनिरहन्छ । शिक्षकले सो कार्यमा साथ दिनैपर्ने बाध्यता पनि छ । नेताजीले तिनैलाई झोला बोकाएका हुन्छन् ।

व्यवस्थापन समितिमा पार्टीको गुटबन्दीको दादावादबाटै निर्मित राजनीतिक दादागिरी चल्छ । सेवाका गर्नकै लागि जागिर खानेको संख्या कति छ ? प्रश्न उठ्छ । कति पुराना शिक्षकलाई समय अवधि पूरा गर्नका लागि मात्र विद्यालय जानु छ । रिटायर हुने समयको व्यग्र प्रतीक्षामा कक्षा कार्यकलाप कसरी प्रभावकारी होला ?

देशले शिक्षा विषयको जनशक्तिलाई मनोवैज्ञानिक हिसाबमा शिक्षाशास्त्र संकायबाट उत्पादन गराउने जमर्को गरेको छ तर नीतिनिर्मातादेखि पुस्तकका लेखकलाई शिक्षाशास्त्रीय ज्ञान छ, छैन भन्ने कुरासम्मको हेक्का राखिएको पाइन्न । पहुँच र पैसामा बिकेको बौद्धिक दमनले पनि कैयौं बालबालिकाको भविष्यमा खेलबाड नभएका हुन् भन्ने विश्वास गर्न सकिन्न । शिक्षक हुन शिक्षाशास्त्र अध्ययन गरेर तालिम लिएको हुनु आवश्यक छ । तालिम, गोष्ठी, सेमिनारको आयोजना पनि हुन्छ । तर, भन्नैपर्ने तीतो पीडा अवश्य छ ।

छेउमा निजी विद्यालय छ भने अर्कोतिर सामुदायिक विद्यालय हुन्छ । दुबै विद्यालयको भौतिक संरचनालाई हेर्दा सामुदायिक विद्यालयको कुरूप संरचना, भताभुंग डेक्सबेन्च, भत्केका कक्षाकोठामा भन्दा चिल्लो, सफा, सुन्दर वातावरणीय संरचनाको निजीमा विद्यार्थी र अभिभावकको आकर्षण पक्कै बढेको तीतो सत्य होइन र ? प्रश्न उठ्छ, सरकारले गरेको शैक्षिक लगानी के प्रभावकारी छ त ? शैक्षिक समुन्नति मुलुकको उन्नतिको आधार हो । तर शिक्षाले बेरोजगारी जन्माउनु अर्को शैक्षिक विकर्षणको कारक बन्दै गएको हो । पढिदिनका लागि पढ्ने अनि पढेपछि के गर्ने, वेदनाको बिलौना सुन्नैपर्छ । शिक्षकले पनि त नाजवाफ हुनुपर्छ । अतः अब परिवर्तनकारी, वैज्ञानिक, प्रविधियुक्त, सीपमूलक शिक्षामा उच्च तहका वर्ग आउनु आवश्यक छ ।

अरू केही काम गर्न नसकेका, अरू कुनै विषय पढ्न नसकेकालाई शिक्षामा होम्ने र शैक्षिक स्थितिको कमजोर जगलाई सोच्ने बुद्धिलाई बदल्नैपर्छ । शिक्षा क्षेत्रमा त ए ग्रेडका माइन्डहरूको प्रभुत्व हुनुपर्छ । एसईईमा सी ग्रेड ल्याउनेले शिक्षाशास्त्र पढ्न पाउने विकल्प दिइन्छ भने त्यो शिक्षा विकासकप्रति ठाडो अन्यायी व्यवहार हो । संकीर्णताले शिक्षाजस्तो गम्भीर विषयमा अवहेलना गरे देशको गुणस्तरीयतामा आँच पुग्छ । एउटा शिक्षकले पाइलट, इन्जिनियर, डाक्टरलाई पढाएको हुन्छ ।

नेतालाई जन्माएको, हुर्काएको हुन्छ । त्यसैले मनोचिकित्सक बनेर कर्मको फलबाहेक शिक्षक अन्य लालचमा होमिनु हुन्न । अबको शिक्षकले सिकाइमा विषयवस्तु जानेर, सिद्धान्त पढेर बाल इच्छा र रुचिलाई सम्बोधन गर्न गाह्रो छ । पुस्तकमा राखिएका पाठ रुचिकर छैनन् । भाषाकै विषयमा हेर्दा बालबच्चालाई गीत, गजल मन पर्छ, छन्दवद्ध कविताको लय मन पर्छ, कारुणिक कथा मन पर्छ तर आजका पुस्तकले ती भावनालाई कसरी सम्बोधन गर्दै छ, सोचनीय लाग्छन् ।

अत्याधुनिकतासँग सबै क्षेत्र एकैसाथ अघि नबढ्ने हुँदा पनि समस्याका पहाड छन् । यसर्थ अबको शिक्षा नीति संघीयतामा बढ्ला नै तर विद्यार्थी सिकाइका तरिका, मूल्यांकन प्रणाली, विशेष गरेर गृहकार्यको लोड अनि बिहानदेखि रटन्ताम जबर्जस्ती पढ्नुपर्ने शिक्षाले शिक्षाप्रति उत्साहमा अवरोध उत्पन्न गराउँदै गएको भान हुन्छ । अबको समयले सायद सोचेर बढ्नुपर्ला । परिवर्तन त पद्धतिको सुधारमै अड्केको छ । त्यसैले अबको शिक्षानीतिले समाज र आवश्यकतालाई मनोवैज्ञानिक, व्यावहारिक जीवन सिकाएर सम्बोधन गरोस् । शिक्षा र शिक्षण फलामको चिउरा नबनोस् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *