गृहकार्य नगरेको भन्दै शिक्षकले कुटपीट गर्दा विद्यार्थीको टाउको फुट्यो

समाचार

डडेल्धुरा । परशुराम नगरपालिका-२ मा रहेको भागेश्वर माध्यमिक विद्यालय बसौटीमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपीट गरेका छन् । गृहकार्य नगरेको भन्दै शिक्षकले विद्यार्थी कुटेका हुन् । गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत राम कामीलाई निर्घात कुटपिट गरेको परिवारिक स्रोतले जनाएको छ ।

१२ वर्षीय राम कामीलाई शिक्षकले स्केलले टाउकोमा हान्दा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।  टाउकोमा गम्भीर चोट लागेपछि उनलाई नजिकैको स्वास्थ्य चौकीमा लगिएको थियो । निरन्तर रगत बगिरहको र त्यहाँ उपचार सम्भव नभएपछि कामीलाई थप उपचारका लागि कैलालीको जोगबुढा अस्पतालमा लगिएको थियो ।

अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि उनलाई शुक्रबार कैलाली लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले बताउनुभयो । अभिभावकले उचित उपचार खर्च उपलब्ध गराउन माग गर्दै निर्घात कुटपीट गर्ने शिक्षक अवस्थीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *