आशा देवको हत्यामा संलग्न चार जना सार्वजनिक

समाचार

राजविराज । राजविराज नगरपालिका–६ की आशा देवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीसँग टाँसिएर घर बनाएकी ४७ वर्षीया देवको हत्या भएको दुई सातापछि प्रहरीले हत्यामा संग्लन भनी आरोपित ३५ वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी राउत, ३२ वर्षीय शङ्कर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो । यही कात्तिक १ गते महानवमीको राति आफ्नै निवासमा देवको हत्या भएको थियो ।

व्यक्तिगत रिसइबीका कारण आशाको हत्या गरिएको बताउँदै घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । अभियुक्त चारै जनालाई जिल्ला अदालतमा म्याद थप गरी कारवाही प्रक्रिया अगाडि बढाइएको उपरीक्षक विष्टले बताउनुभयो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *