आज पनि सेयरबजारमा गिरावट

अर्थ / वाणिज्य

काठमाडौ । आज पनि सेयरबजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन आज बजार कारोबार मापक सूचक शून्य दशमलव ६२ अंकले ओरालो लागेको हो। अघिल्लो दिन पनि सेयरबजार घटेको थियो। आज सूचक १२४८.५३ अंकमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव शून्य एक अंकले ओर्लिएको नेप्सेले जनाएको छ। आज कुल १ सय ७२ कम्पनीको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आज बिक्री सेयर संख्या पनि घटेको छ। आज १६ लाख ५४ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा भएको सेयर किनबेचबाट ४६ करोडको मात्रै कारोबार भएको छ। आज वाणिज्य बैंक र ऊर्जा समूहको सूचक बढे पनि होटल, विकास बैंक, फाइनान्स, जीवन तथा निर्जीवन बीमा, उत्पादन, अन्य म्युचुअल फन्ड, माइक्रोफाइनान्स, फाइनान्स समूहको कारोबार सूचक घटेको छ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *