आर्यन र दीपाश्री फिचर्ड ‘हजार जुनीसम्म’ गीत रिलिज (भिडियोसहित)

मनोरन्जन

काठमाडौ । ‘नाईं नभन्नू ल’ सिरिजका निर्देशक तथा निर्माता विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ को दोस्रो गीत यट्युब रिलिज भएको छ । फिल्ममा समावेश ‘एमजी रोडैमा’ बोलको गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले शुक्रबार दोस्रो गीत स्वरुप ‘आज नगद भोली उधारो’ सार्वजनिक गरेको हो । गीतमा प्रलाहद तिमल्सिना र मिना निरौलाको गायन छ ।

लोक शैलीको गीतमा एकनारायण भण्डारीको शब्द छ भने बसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला भट्टी साहुनीको भूमिकामा प्रस्तुत छिन् । उनीसँग अभिनेता आर्यन सिग्देल र कलाकार शिवहरी पौडेलले ठुम्का लगाएका छन् । गीत निकै रमाइलो बनेको छ ।

यो गीतमा बजारमा राम्रो चर्चा बटुल्ने देखिन्छ । केही वर्षदेखि ‘नाईं नभन्नू ल’ को सिरिज बनाउँदै आएका निर्देशक आचार्यले नयाँ नाममा फिल्म बनाएका कारण दर्शकमा ‘हजार जुनीसम्म’ प्रति निकै चासो र कौतुहलता छ ।

यस फिल्ममा अभिनेत्री टर्न निर्देशक दीपाश्री उक्त गीतमा मात्र देखिनेछिन् । फिल्ममा आर्यन, शिवहरी, स्वस्तिमा र अखिलेसका अलावा प्रियंका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, सलोन बस्नेत, अनुभव रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा विशाल चाम्लिङ्गको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *