‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

मनोरन्जन

काठमाडौ । अभिनेत्री केकी अधिकारी र अभिनेता, लेखक तथा संगीतकार कोसिस क्षेत्रीले पहिलो पटक सहकार्य गरेको फिल्म ‘रातो गलबन्दी’ को शीर्ष गीत सार्वजनिक भएको छ । फस्टलुक पोस्टरसँगै सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र श्रेया राईको स्वर छ । लोकराज अधिकारीले लेखेको लोक शैलीको गीतमा संगीत बिनोद खुम्बुले भरेका छन् ।

गोविन्द राईको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी र कोसिस फिचर्ड छन् । गीतमा दुईको केमेस्ट्री सुहाएको देखिन्छ । तर, गीतको अडियो र भिडियो दुबै कमजोर छ । फिल्म ‘रातो गलबन्दी’ साउन १७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । अनिश थापाले फिल्मको निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । बुद्धि तामाङको पनि अभिनय रहेको फिल्मको कथा किरण माइकलले लेखेका हुन् ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *