वर्षायाममा कस्तो मेकअप गर्ने ? हेर्नुस् मेकअप टिप्स…

स्वास्थ्य

काठमाडौ । सुहाउँदो मेकअपले सुन्दरतामा थप निखार ल्याउँछ । मौसमअनुसार छालाको प्रकृति पनि बदलिने भएकाले सुन्दरतामा ध्यान पु-याउनुपर्ने हुन्छ । समयअनुसार मेकअप गर्न सकेमा स्वस्थ र सुन्दर रहन सकिन्छ ।

वर्षायाममा जुनसुकै किसिमको छालामा पनि मेकअप गर्न सजिलो हुँदैन । छाला धेरै सुक्खा हुने, तैलीय हुने, धुवाँ–धुलो बढी हुने, पसिना आउने तथा पानीले भिजाउनेजस्ता कारणले मेकअपलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले, छाला र सुन्दरतामा असर नपर्ने गरी सुहाउँदो मेकअप गर्नुपर्ने हुन्छ । अब जानौँ, मेकअप टिप्स :

मेकअप गर्नुअघि सनस्क्रिम वा सनब्लकको प्रयोग गर्नुपर्छ । जसले छालालाई घामबाट पर्न सक्ने असरबाट जोगाउन सकिन्छ । छालालाई सुट हुने खालका सामान मात्र प्रयोग गर्नुपर्छ ।
वर्षायाममा पानी र पसिनाबाट बचाउन वाटरप्रुफ मेकअप गर्नुपर्छ । सकेसम्म हलुका मेकअप गर्नु नै राम्रो हुन्छ, ता कि पानीले बगेर लतपतिन नपाओस् ।
वर्षात्को समयमा अनुहारमा फाउन्डेसन तथा फेस पाउडर प्रयोग गर्नबाट बच्नुपर्छ । पानी परेका वेला फाउन्डेसन सजिलै बग्न सक्छ । लगाउनैपर्ने अवस्थामा भने वाटरप्रुफ फाउन्डेसनको प्रयोग गर्न सकिन्छ ।
मस्कारा, लाइनर, पाउडर र लिपस्टिकजस्ता मेकअपका सामान म्याट प्रयोग गर्नुपर्छ । जुन लामो समयसम्म रहनुका साथै लतपतिने डर पनि हुँदैन ।
क्याजुअल ड्रेसअपका लागि न्युड मेकअप गर्नुपर्छ । यो एकदमै सामान्य खालको हुन्छ । यसमा टल्किने खालको मेकअप हँुदैन ।
न्युड मेकअपले प्राकृतिक चमक देखाउँछ ।

मेकअप गरेकोजस्तो नदेखिने भएकाले कामकाजी महिलाका लागि समेत सजिलो हुन्छ । अकलरफुल आइस्याडो प्रयोग गर्नुहुँदैन । यस्तै न्युड कलरमा लिपस्टिकको प्रयोग गर्न सकिन्छ ।

विवाहित महिलाले टीका प्रयोग गर्दा ध्यान दिनुपर्छ । पानीले भिजाउँदा अनुहारमा बग्न सक्ने भएकाले वाटरप्रुफ बिन्दी वा स्टिकर भएको टीका लगाउन सकिन्छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *