छवि र शिल्पा विरुद्ध जेठी श्रीमतीको बहुविवाहको मुद्धा

मनोरन्जन

काठमाडौ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो ।

प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरा श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा पनि मैले श्रीमान् छवि ओझासँग सोध्दा के छ प्रमाण भन्ने प्रतिपश्न पाएको थिए । मैले पनि प्रमाण कतै भेटिनँ, बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।

तर, पछिल्लो समयमा मिडियामा पनि धेरै चर्चा भएपछि उहाँ नजिकका सबै व्यक्तिहरुसँग सहयोग मागी साउन ५ गते उहाँकै कार्यलयबाट पछिल्लो समयमा मलाई सहयोग गर्ने उहाँकै कर्मचारी मार्फत निज शिल्पा र मेरा श्रीमान्ले विवाह गरि दर्ता नै गरेको विवाह दर्ताको कागजातको फोटोकपी फेला पारी सोही आधारमा मसँग सम्बन्ध कायम रहँदा रहँदै बहुबिबाह गरेकोले निज मेरा पति छविराज ओझा र शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजीम यथासक्य चाडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्म सजाउ गरिपाउँ ।’भनि बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको परपाचुके प्रक्रियालले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *