यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति (पूर्णपाठ सहित)

अर्थ / वाणिज्य

काठमाडौं । राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

मौद्रिक नीतिको प्रमुख हाइलाइट वाणिज्य बैंकहरूको मर्जर रहेको छ । मौद्रिक नीतिमा २०७७ आषाढ मसान्तसम्म मर्जरमा जाने बैंकहरुलाई विभिन्न सेवामा सहुलियत दिने घोषणा गरिएको छ । त्यस्तै मर्जरमा जाने लघुवित्त कम्पनीहरुलाई पनि विभिन्न सुविधा दिने घोषणा गरिएको छ ।

त्यस्तै मौद्रिक नीतिले मूल्यवृद्धि ६ प्रतिशत कायम गर्ने लक्ष्य, विस्तृत मुद्रा प्रदाय १८ प्रतिशत  हुने तथा सिआरआर र एसएलआरको दर परिमार्जन नहुने घोषणा गरिएको छ ।

जेठ १५ मा संघीय सरकारको बजेट सार्वजनिक हुने संवैधानिक व्यवस्था लागू भएपछि राष्ट्र बैंकले असार मसान्तभित्रै मौद्रिक नीति जारी गर्दै आएको थियो ।

राष्ट्र बैंकले गत बर्ष भने आषाढ २७ गते मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

 

पढ्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *