नेकपाको स्कुल विभागको विवाद भोली बस्ने सचिवालय बैठकले टुंगो लगाउने

राजनीाति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्कुल विभागको विवाद समाधान गर्न बैठक भोली (बिहिबार) सचिवालय बैठक बस्ने भएको छ ।

स्कुल विभागमा देखिएको विवादमा सहमति नजुटेपछि मंगलबार बस्ने भनिएको सचिवालय बैठक नै स्थगित भएको थियो ।

पार्टीको वैचारिक एवं शक्तिशाली विभागको रूपमा रहेको स्कुल विभाग प्रमुखका लागि सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबेदारी छ ।

दुवै नेता आफ्नो अडानमा टसमस नभएपछि पार्टीका शीर्ष नेता मिलाउने प्रयासमा छन् ।

गत आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा श्रेष्ठ र पोखरेल दुवैले स्कुल विभाग प्रमुख हुनुपर्ने दाबी प्रस्तुत गरेको गरेका थिए ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *