एक लाख ३० हजार घुस लिएको अभियोगमा चार जना पक्राउ

मुख्य समाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई पक्राउ गरेको छ ।

आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई एक लाख ३० हजार रुपैयाँ घुससहित कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकामाथि सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *