एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास

समाचार

काठमाण्डौ ।  ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको छ ।

परिचय नखुलेको समूहले बुधबार राति टावरमा आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु भेटिएको छ ।

अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक रामकृष्ण सापकोटा नेतृत्वको प्रहरी टोली र बम निष्कृय बनाउने नेपाली सेनाको टोली पनि घटनास्थलमा पगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *