उत्तर कोरियाले गर्‍यो फेरि दुईओटा क्षेप्यास्त्र प्रक्षेपण

बिदेश

एजेन्सी । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।

उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् ।

अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाकारूपमा उत्तर कोरियाले परीक्षण गरेको हुनसक्ने बताइएको छ ।

दक्षिण कोरियाली सेनाका ‘जोइन्ट चिफ अफ स्टाफ’ले स्थानीय समयअनुसार शुक्रबार बिहान २ बजेर ५९ मिनेट र ३ बजेर २३ मिनेटमा उत्तर कोरियाले ती क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

ती क्षेप्यास्त्र ‘सी अफ जापान’मा खसेको बताइएको छ । यसअघि, बुधबार पनि उत्तर कोरियाले दुईओटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *