अमेरिकामा दोस्रो बन्दुक आक्रमण: १० जनाको मृत्यु, दर्जन बढी घाइते

बिदेश

एजेन्सी । ।अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो।

मध्य सहरमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। गोली लागेर नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन्। गोली लागेर बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

केही घन्टाअघि टेक्ससको एल पासोमा भएको बन्दुक आक्रमणमा २० जनाको मृत्य भएको थियो।

अल पासोस्थित एक सपिङ कम्प्लेक्समा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा २० जनाको ज्यान गएको थियो।घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।

घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले एक २१ वर्षीय गोरा युवकलाई नियन्त्रणमा लिएको छ। ती बन्दुकधारीले एके-४७ राइफलबाट वालसस्ट्रिटको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्द गोली प्रहार गरेका थिए।

आक्रमणकारी २१ वर्षीय प्याट्रिक क्रुसियस भएको टेक्सस प्रहरीले जनाएको छ। आक्रमणपछि ती बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

सो आक्रमण त्यहाँको स्थानिय समय अनुसार ११ बज्न केही मिनेटअगाडि भएको बताइएको छ। सो स्थान स्थानीयमाझ चर्चित क्षेत्र हो र त्यहाँ सपिङ सेन्टरसँगै रेष्टुरेन्टहरू समेत रहेकाले सप्ताहन्तमा मानिसहरूको भीडभाड हुने गर्दछ।

आक्रमण हुँदा त्यहाँ मानिसहरूको बाक्लो उपस्थिति थियो। अमेरिकाको संघीय जाँच ब्यूरो (एफबिआई)ले घटनाको जाँच गरिरहेको छ।

आक्रमणकारी क्रुसियसले शुक्रबार नै सामाजिक संजालमा यस्तो घटना घटाउने चेतावनी दिएको भेट्टाएको छ। प्रारम्भिक अनुसन्धानमा यो जातिवादी आक्रमण भएको अनुमान गरिएको छ, यद्यपी यसबारे जाँच चलिरहेको छ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *