काठमाडौ । फेसबुकले सन् २०१२ मा इन्स्टाग्रामलाई खरिद गरेको थियो।फोटो र भिडियो सेयरका लागि अति लोकप्रिय बनेपछि फेसबुकले इन्स्टाग्रामलाई १ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो।तर मासिनहरु अझै पनि इन्स्टाग्राम फेसबुकको मातहतको एप्लिकेसन हो भनेर चिन्दैनन्।
फेसबुकले अब इन्स्टा आफ्नो एप्स हो भनेर चिनाउन इन्स्टाग्रामको नाम परिवर्तन गर्दैछ। अमेरिकी संचारमाध्यमका अनुसार इन्स्टानको नाम ‘इन्स्टाग्राम फ्रम फेसबुक’ तथा अर्को एप्लिकेसन वाट्सएपको नाम ‘वाट्स एप फ्राम फेसबुक’ नाम राखिनेछ।