विमानमा बिहोस भएपछि पूर्वमन्त्री विष्ट अस्पताल भर्ना

मुख्य समाचार

भैरहवा ।  पूर्वमन्त्री तत्पबहादुर विष्टको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ।आइतबार बुद्ध एयरमार्फत नेपालगंजबाट काठमाडौं जाने क्रममा विमानमा बिहोस भएपछि विमानलाई भैरहवा विमानस्थलमा आपतकालिन अवतरण गराइएको थियो।

कांग्रेसको नेता समेत रहेका विष्टलाई उपचारका लागि भैरहवास्थित यूनिर्भसल कलेजको मेडिकल साइन्सेस शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

अहिले उनको उपचार भइरहेको अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए। केही वर्षअघि ५७ वर्षीया विष्टको टाउकोको शल्यक्रिया गरेको थियो।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *