प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नबेहोर्ने

मुख्य समाचार

काठमाडौं ।  उपचारका लागि शनिबार राती सिंगापुरमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको छ ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओलीको उपचारका लागि सिंगापुरमा लाग्ने खर्च सरकारले नवेहोर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले सिंगापुरमा गर्ने स्वास्थ्य उपचारको खर्च प्रधानमन्त्री आफैले व्यवस्थापन गर्ने सञ्चारमन्त्री बास्कोटाको भनाइ छ ।

तर प्रधानमन्त्री ओलीसँगै सिंगापुर भ्रमणमा रहेको प्रधानमन्त्री ओलीका निजी चिकित्सक, कर्मचारी, कुरुवा र अन्य व्यक्तिको हवाई टिकट, भ्रमणभत्ता, बसोबास लगायत सबै खर्च सरकारले वेहोर्ने मन्त्री बास्कोटाले जानकारी दिए ।

गत वर्षदेखि लागु भएको जनस्वास्थ्य ऐनमा नेपालमा उपचार सम्भव हुँदाहुँदै बिदेशमा उपचार गराएमा त्यसको उपचार खर्च सरकारले नवेर्होने उल्लखे छ ।

यसअघि सरकारका उच्च पदका रहेका व्यक्तिहरुले बिदेशमा उपचार गराई सरकारबाट उपचार खर्च लिने गरेको थिए । सो ऐन कार्यन्वयनमा आएपछि प्रधानमन्त्री ओलीको उपचार खर्च सरकारले नवेहोर्ने भएको हो ।

सरकारले प्रधामन्त्री ओलीको उपचार खर्च नवेहोरेपनि हवाई तथा अन्य खर्च भने सरकारै रहेको छ । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली एकसाता अघिदेखी अस्वस्थ थिए ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *