रवि लामिछानेलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

मुख्य समाचार

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

लामिछानेलाई पाँच लाख, सँगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई तीन लाख रुपैयाँ र रुकु भनिने अस्मिता कार्कीलाई साधारण तारेखमा छाड्न चितवन जिल्ला अदालतले सोमबार आदेश दिएको हो ।

कार्कीलाई पीडितमा राख्दै अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।अदालतले घटनाको फैसला नहुन्जेल घटनासँग सम्बन्धित कार्यक्रम सन्चालन गर्न लामिछानेलाई रोक लगाएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको थुनछेक बहसमा ८ जना वकिलहरुले बहस गरेका थिए । अदालतले लामिछानेसहित तीनैजनासँग आइतबार र सोमबर गरी दुई दिन लगाएर बयान लिएको थियो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *