७० वर्ष कटेकालाई हवाई भाडामा ५० प्रतिशत छुट-पशुपतिनाथ क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध

राजनीाति

काठमाडौ । पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्ष कटेका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिइने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा उँहाले सो घोषणा गर्नुभएको हो ।

त्यसैगरी मन्त्री भट्टराईले काठमाडौको तीनकुनेदेखि गौशालासम्मको सडक क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध लगाइने घोषणा गर्नुभयो । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ क्षेत्रको रुटका तीनकुनेदेखि गौशलासम्मको सडक क्षेत्रमा सेकुवा पोल्न प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको हो ।

मन्त्री भट्टराईले पशुपतिनाथ क्षेत्रमा हुँदै आएको आरतीलाई विश्वसम्म पुर्याउन फेसबुक, युट्युब लाइभको योजना पनि ल्याइएको जानकारी दिनुभयो ।

पत्रकारहरुलाई पनि उक्त आरतीको लाइभ गर्न र भिडियो खिच्ने वातावरण मिलाउने उँहाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनका क्रममा मन्त्री भट्टराईले एक नेपाली एक विदेशी पर्यटक योजना पनि अघि सर्नुभएको छ ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *