पैसा लुटेर भागेका अर्का एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

मुख्य समाचार

काठमाडौं।  एटिएमबाट पैसा लुट्ने चिनियाँ गिरोहका थप एकजना पक्राउ परेका छन् । उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् ।एटिएम लुटपाटमा संलग्न उनी चीन भाग्ने तयारीमा रहेको बेला सु लुसली नामका ३६ वर्षीय चिनियाँ विमानस्थलबाट पक्राउ परेका हुन् ।

आइतबार राति उनी पक्राउ परेका प्रहरीले जनाएको छ । फरार अन्य दुईको खोजी भईहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।

शनिवार राति राजधानीको दरबारमार्गमा रहेको एटिएम बुथबाट पैसा निकाल्दै गर्दा एक जना चिनियाँ नागरिक पक्राउ परेका थिए । त्यसपछि लुटपाटमा संलग्न अन्य चार जनालाई प्रहरीले पक्राउ गरेको थियो । केही भने भाग्न सफल भएको बताएको प्रहरी आइतबार लुसलीलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चिनयाँ ह्याकरको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको थियो । पाँचै जनालाई प्रहरीले आइतवार दिउँसो सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *