दशैंका लागि खुल्यो टिकट, कहाँ पुग्न कति भाडा ? (हेर्नुहोस् सूचीसहित)

मुख्य समाचार

काठमाडौं । दशैं मनाउन उपत्यका बाहिर जाने यात्रुका लागि आइतबारबाट गाडीको अग्रिम टिकट बुकिङ खुलेको छ । यातायात कम्पनीहरुले आइतबार बिहानबाट दशैँका लागि टिकट बुकिङ सुरु गरेका हुन् ।

कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा टिकट बुकिङ शुरु भएसँगै दशैमा घर जान चाहने यात्रु टिकट काट्नका लागि बिहानैबाट पुगेका छन् । ति क्षेत्रमा सर्वसाधारणको भीड देखिएको छ ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफलअनुसार आजबाट दशैँका लागि टिकट बुकिङ खुला गरेको हो । लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुलेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ ।

दशै अघि भाडा बढाउन व्यवसायीले आग्रह गर्दै आएका थिए तर सरकारले भने दशैं अघि भाडा बढाउन नसकिने बताएसँगै पूरानै मूल्यमा यात्रुले यात्रा गर्न पाउने भएका छन् ।

नसकिने बताएसँगै पूरानै मूल्यमा यात्रुले यात्रा गर्न पाउने भएका छन् ।

कहाँ जान कति भाडा ?

 

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *