विप्लव नेकपाका भोजपुर सेक्रेटरी दुई थान पेस्तोल र ग्रिनेडसहित पक्राउ

समाचार

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् ।

भोजपुर नगरपालिका १० स्थित गजुरमुखी भीर नजिकैबाट विष्टलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए
विष्टको साथबाट दुई थान इटालियन अटोमेटिक पेस्तोल, हाते ग्रिनेड, पार्टीका दस्तावेज र चन्दाका लागि लेखिएका पत्रहरु बरामद गरिएको उनले बताए ।

यसअघि भोजपुरमा प्रहरी र विप्लव समूहबीच झडप हुँदा विप्लव समूह र नेपाल प्रहरीका गरी दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा प्रहरी जवान सञ्जीव राई र विप्लवका कार्यकर्ता ओखलढुंगा जिल्ला इन्जार्च ३५ वर्षीय नीरकुमार राई थिए । त्यसअघि नेपाल प्रहरीको गोली लागेर भोजपुरमै विप्लव समूहका तिर्थराज घिमिरे मारिएका थिए ।

प्रतिक्रिया:

Leave a Reply

Your email address will not be published. Required fields are marked *