फिलिपिन्समा डुंगा दुर्घटना- २५ को मृत्यु, ६ बेपत्ता

मनिला। फिलिपिन्सको मध्यक्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। इलोइलो र गुइमारासमा शनिबार तीनवटा डुंगा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको अधिकारीले आइतबार जानकारी दिएका छन्। प्रकोप व्यवस्थापन निकायका अधिकारीका अनुसार थप ६ जना अझै हराइरहेकाले उनीहरुको खोजी जारी छ। इलोइलोबाट गुइमारासतर्फ गइरहेका बेला आँधी आएपछि तीन घण्टाको […]

Read More

अमेरिकामा दोस्रो बन्दुक आक्रमण: १० जनाको मृत्यु, दर्जन बढी घाइते

एजेन्सी । ।अमेरिकामा पछिल्ला केही घन्टाभित्र दुई वटा बन्दुक आक्रमण भएका छन्। दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो। मध्य सहरमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। गोली लागेर नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन्। गोली लागेर बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले […]

Read More

विश्वको प्रतिस्पर्धात्मक राष्ट्र चिनको तीब्र विकास

काठमाडौं । विश्व प्रतिस्पर्धात्मक राजनीतिमा प्रवेश गरेको धेरै वर्ष भए पनि उत्तरी छिमेकी मुलुक चीन अझै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामै छ।  माओको सांस्कृतिक क्रान्तिसँगै एकदलीय कम्युनिस्ट शासन व्यवस्थामा रमाउँदै आए पनि तीव्रतर आर्थिक विकाससँगै चीनले आफ्नो पुरानो नीतिलाई विस्तारै परिवर्तन गर्दै आएको छ।  बन्द राजनीतिभित्रैबाट मुलुकको आर्थिक विकास फड्को मारेको उसले आफूलाई विश्वमा अमेरिकापछिको सबैभन्दा […]

Read More

उत्तर कोरियाले गर्‍यो फेरि दुईओटा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले फेरि दुईओटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।उत्तर कोरियाले ८ दिनभित्र तेस्रोपटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । उत्तर कोरियाले शुक्रबार बिहान देशको पूर्वी तटीय क्षेत्रमा दुईओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले जनाएका छन् । अमेरिका र दक्षिण कोरियाबीच यसै महिना संयुक्त सैन्य अभ्यास गर्ने योजनाप्रतिको प्रतिक्रियाकारूपमा उत्तर कोरियाले परीक्षण […]

Read More

ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको अमेरिकी गुप्तचरको दाबी

एजेन्सी। अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनकोे को मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट छ ।गत फेबु्रअरी महिनामा अमेरिकी सरकारले उनी बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । साउदी अरेबियाले […]

Read More

जेलभित्रै दुई समूहबिच पाँच घण्टा झडप: ५७ कैदीको मृत्यु, १६ को शीर छेदन गरियो

एजेन्सी । जेलमा रहेको दुई समूहबिच झडप हुँदा ५७ जनाको मृत्यु भएको छ। ब्राजिलको पारा राज्यको एक जेलमा भएको झडपमा १६ जनाको शीर छेदन गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ। समाचारमा जनायएअनुसार दुई समूहबिच करिब पाँच घण्टासम्म झडम भएको थियो। जेलको एकातर्फ रहेका कैदीहरु अर्कोतर्फ बसेका कैदीहरुको समूहमा पुगेपछि झडप भएको थियो। झडपको क्रममा जेलभित्रै […]

Read More

बोको हरामद्वारा अन्त्येष्टि कार्यक्रममा आक्रमण, ६५ जनाको मृत्यु

एजेन्सी। नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा सहभागीहरुमाथि गोली प्रहार गर्दा केहीको मृत्यु भएको हो भने केही उनीहरुसँगको मुठभेडमा मारिएका हुन् । गत दुईसाता अघी सोही गाउँमा भएको मुठभेडमा बोको […]

Read More

काश्मिरमा थप १० हजार सैनिक तैनाथ, स्थानीय त्रसित

एजेन्सी । गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाथ गरिएपछि स्थानीय त्रसित बनेका छन् । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको जनाएका छन् । भारतले मुसलमान समुदायको बहुमत भएको उक्त हिमाली क्षेत्रमा सन् १९४७ मा भारत र पाकिस्तानबीच भएको विभाजित बनेपछि करिब पाँच लाख सैनिकलाई सुरक्षार्थ खटाएको छ […]

Read More

मुम्बई डुवानमा :- रेलभित्र फसेका १ हजारभन्दा बढी यात्रुको उद्धार

एजेन्सी। लगातारको भारी वर्षाका कारण भारतको मुम्बई शहरका अधिकांश स्थान डुवानमा परेका छन् ।लगातार २४ घण्टासम्म परेको वर्षा कारण शहरका अधिकांश स्थान डुवानमा परेका हुन् । नदीहरुको जलस्तर बढ्दा मुम्बई आसपासका बदलापुर, सल्लाहनगर, बांगणी क्षेत्रका अधिकांश भाग डुबेका हुन् ।त्यसैगरी अत्यधिक वर्षाकै कारण मुम्बईको रेलसेवा मात्र अबरुद्ध भएको छैन, दर्जनौं उडान पनि स्थगित गरिएका छन् […]

Read More

अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुँदै

एजेन्सी । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो । महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ नागरिकको हत्या वा बलात्कारको मुद्दामा दोषी पाइएका उनीहरुलाई […]

Read More