पशुपतिनाथको दर्शन गर्न भारतबाट बोलबम यात्री …

काठमाडौँ । पशुपतिनाथमा जल चढाउने गरी नेपालका विभिन्न स्थान र भारतबाट समेत बोलबम यात्री काठमाडौँ आइपुगेका छन् । बोलबम यात्रीहरू तेस्रो सोमबार मात्रै पशुपतिनाथको दर्शन गर्न आउने गर्छन् । यी यात्री कालिमाटी बल्खु कोटेश्वरलगायतका तरकारी भण्डारण  (सब्जीमण्डी) लज र धर्मशालामा बसेका छन् । यो दिनका लागि बोलबम काँवरिया सङ्घ, ओम् बोलबम काँवरिया सङ्घ र भोलेनाथ […]

Read More

लोप हुने हो कि मितेरी साइनो ! कसरी बन्छ त मित ? 

काठमाडौँ, साउन १९ गते । ललितपुर लुभूका सजना श्रेष्ठ आफू सात वर्षको हुँदा हजुरआमाले मित लगाइदिएको सम्झनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरै सम्झना त छैन तर मितिनीसँग खेल्न र हाँस्न पाउँदा निकै रमाइलो लाग्थ्यो । ” उहाँको मितिनीको नाम प्रमिला थापा हो । श्रेष्ठले थप्नुभयो, “हाम्रो घरमा दूध पु¥याउन आउने आमाको पनि एक जना छोरी र […]

Read More

उपत्यकाबाट मात्रै एक वर्षमा साढे १८ करोडको सुन बरामद

काठमाडौ ।   प्रहरीले उपत्यका भित्रिने मुख्य नाका नागढुंगाबाट एक किलो सुनसहित तस्करीमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ । रसुवा गोसाईकुण्ड–५ का ३२ वर्षीय दिन्डुप तामाङ पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले नाकामा नियमति जाँच गर्ने क्रममा उनी पक्राउ परे । बा.९ प २७२६ नं. को  २०० सिसीको पल्सर मोटरसाइकलमा सवार उनले सुनलाई चार […]

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम : दुई लाखलाई १३ दिने रोजगारी

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा करिब २ लाख बेरोजगारले १३ दिन रोजगारी पाएका छन्। सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्दै ती बेरोजगारलाई औसतमा १३ दिनको रोजगारी दिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १७ लाखभन्दा बढी युवा बेरोजगारमा सूचीकृत भएका छन्। सरकारले गत वर्ष ३० दिनको रोजगारी दिने घोषणा गरे पनि […]

Read More

एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास

काठमाण्डौ ।  ललितपुरको कोञ्जोसोम गाउँपालिका शङखुमा रहेको एनसेलको टावरमा आगजनी र विष्फोटको प्रयास भएको छ । परिचय नखुलेको समूहले बुधबार राति टावरमा आगजनी र तोडफोडको प्रयास गरेको प्रहरीले जनाएको छ । टावर नजिकै बम जस्तै शंकास्पद बस्तु भेटिएको छ । अहिले महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी नायव उपरिक्षक रामकृष्ण सापकोटा नेतृत्वको प्रहरी टोली र बम […]

Read More

सञ्चालक समिति सदस्यलाई नर्सिङ सिट भागबन्डा

काठमाडौ ।ओखलढुंगा स्कुल अफ हेल्थ साइन्समा आएको नर्सिङ अध्ययनको सिट सञ्चालक समितिका पदाधिकारीले भागबन्डा गरेर लिएका छन् । क्याम्पसमा उपलब्ध २० वटा नर्सिङ सिटमध्ये १२ वटा सिद्धिचरण नगरपालिकाका मेयरदेखि सिटिइभिटीका कर्मचारी र उद्योग वाणिज्य संघका पदाधिकारीसम्मलाई भाग लगाइएको छ । सञ्चालक समितिको यो निर्णयबाट पहुँच नहुनेहरूले नर्सिङ अध्ययन गर्न नपाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम […]

Read More

प्रधानमन्त्री उपचारको लागि सिंगापुर जाँदै

काठमाडौं  ।  १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा बेला–बेला समस्या देखिने गरेको छ। दैनिक दौडधुप र धपेडीले आराम नपुग्दा विारामी शरीरलाई थप अफ्ठेरो परिरहने हुँदा प्रम ओलीको स्वास्थ्यमा ठूलो नभए पनि सामान्य खालको समस्या देखिने गर्छ। गत असोजमा गम्भीर विरामी नेकपा एमालेको नवौ‌ं महाधिवेशनताका प्रधानमन्त्री ओलीको दायाँ हातमा म्यानेन्जाइटिस् भएको थियो। […]

Read More

आ-आफ्नै अडानका कारण कोसी उच्च बाँधमा कुरा मिलेन

नयाँदिल्ली । नेपाल र भारतका अधिकारीहरूबीच नयाँदिल्लीमा बसेको कोसी उच्च बाँधसम्बन्धी बैठक आआफ्नै अडानका कारण बिनानिष्कर्ष टुंगिएको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार बसेको जलस्रोतसम्बन्धी विज्ञ समूहको संयुक्त बैठक (जेटीई) मा सप्तकोसी बहुउद्देश्यीय परियोजना, त्यसअन्तर्गत कोसी उच्च बाँध र सुनकोसी–कमला डाइभर्सन परियोजनाबारे छलफल भएको थियो । बैठकमा सहभागी एक नेपाली सरकारी अधिकारीका अनुसार नेपाली पक्षले अहिलेको अवस्थामा […]

Read More

गुल्मीको छापचौरमा पहिरोले घर पुरियो, एकको मृत्यु, पाँच घाइते

 गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–७ छापचौरमा पहिरोले घर बगाउँदा एकजनाको मृत्यु भएको छ । पुरिएर पाँच जना घाइते छन् । शनिबार रातिको वर्षाले छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षीय चुन्ने परियारको ज्यान गएको हो । पहिरोले पुरिएर सोही परिवारका पाँच घाइते भएका छन् । घटनास्थलमापुर्तिघाट र भुर्तुङ प्रहरी चौकीबाट उद्धार टोली खटिएको जिल्ला प्रहरी प्रमुख एसपी […]

Read More

पूर्व मिस नेपाल श्रृंखलाले चुमिन युरोपको सर्वोच्च शिखर

काठमाडौं ।  पूर्व मिस नेपाल श्रृंखला खतिवडाले युरोपको सर्वोच्च शिखर ‘मो ब्लाँ’ को सफल आरोहण गरेकी छिन्।  उनी मंगलबार उक्त हिमालको चुचुरोमा पुगेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ । पूर्व मिस नेपाल खतिवडा नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७० औं वर्ष पुगेको अवसरमा आयोजना गरिने विशेष कार्यक्रमका लागि सद्भावना दूत हुन्। पूर्व मिस नेपाल खतिवडाले मो ब्लाँ […]

Read More