सशस्त्रको लत्ताकपडा खरिदमा कमिसनको चक्कर

पत्रपत्रिका

काठमाडौं । सशस्त्र प्रहरीभित्र लत्ताकपडा खरिदमा कमिसन खोज्दा ४० करोड रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको छ ।

अवधि नपुगेको कम्पनीलार्य ठेक्का दिने चक्करमा लाग्दा नियमअनुसार पाउने लत्ताकपडाबाट सशस्त्रका सम्पूर्ण कर्मचारी वाञ्चि हुने भएका छन् ।

सशस्त्र मुख्यालयको आर्थिक प्रशासन निर्देशनलगायत अन्तर्गत खरिद इकाइ (प्रबन्ध शाखा)ले गत भदौ १९ र असोज २३ गते छुट्टाछुट्टै सामान खरिदका लागि राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो ।

जसमा हिमाली भेगमा खटिनेदेखि तराई र पहाडमा खटिने कर्मचारीलाई वर्षभरि आवश्यक पर्ने लत्ताकपडा, बुट, स्लिपिङ ब्याग, उलन र कटन सर्ट, पाइन्ट, रुबस्याक ब्याग, चुस्ता झुललगायत सामग्री खरिद योजना थिए । आजको अन्नपूर्णमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *