राष्ट्रपति विद्यादेवी भण्डारीको शपथग्रहण आज

मुख्य समाचार

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिँदै छिन् ।

राष्ट्रपति पदमा दोस्रोपटक निर्वाचित विद्यादेवी भण्डारीको शपथग्रहण बुधबार दिउँसो ४ बजे शीतल निवासमा हुँदैछ । उनलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले शपथ गराउँदै छन् ।

शपथ ग्रहणको तयारी पूरा भएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी वर्तमान राष्ट्रपति भण्डारीले कुमारी लक्ष्मी राई भन्दा तेब्बर बढी मत ल्याएर निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २ सय ७५ र राईले ११ हजार ७ सय ३० मत पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *