निर्मला पन्तको न्यायका लागि लाइभ पेन्टिङ र कार्टुन

समाचार

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई  कारवाहीको माग गर्दै सडकमै ‘लाइभ पेन्टिङ र कार्टुन’ गरिने भएको छ ।अाज काठमाडौँको माइतीघर मण्डलामा गरिने प्रतीकात्मक विरोध प्रदर्शनमा १३ भन्दा बढी कार्टुनिस्ट, कुचिकार र कलाकारको उपस्थिति रहने जनाइएको छ ।

साँझ ५ बजेबाट लाइभ कार्टुन र पेन्टिङ गरिने तथा साँझ ६ बजेपछि प्रदर्शनी र मैनबत्ती प्रज्ज्वलन गरिने आयोजकले जानकारी दिएको छ । गत साउन ११ गते मृत अवस्थामा उखुबारीमा फेला परेकी पन्तको हत्यारा अझैसम्म पत्ता लागेको छैन । नक्कली अपराधी खडा गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि गोली चलाउँदा १४ वर्षीय किशोर शनी खुनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *