ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

राजनीाति समाचार

सर्वोच्च अदालतले ज्ञानेन्द्र शाहीलाई थुनामा राख्नुको कारण माग गरेको छ ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनउपर आइतवार सुनुवाई गर्दै अदालतले महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारसँग शाहीलाई थुन्नुपर्ने कारण माग गरेको हो ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा भएको सुनुवाईमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता सुरेन्द्र केसीलगायतले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *