एक साताअघि डिस्चार्ज गरिएका २ कोरोना संक्रमित फेरि अस्पताल भर्ना

मुख्य समाचार राजनीाति

वीरगन्ज । कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ ।

नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो ।

वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ का १९ वर्षीय किशोरलाई शनिबार राती र भारत उत्तर प्रदेशका ४१ वर्षीय जमातीलाई आइतबार दिउँसो नारायणी अस्पतालमा भर्ना गरिएको हो ।

रौतहटका अन्सारी र एक भारतीय जमातीलाई अस्पतालमा ल्याएर भर्ना गरिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

अस्पतालबाट डिस्चार्ज गरिएका दुवैको स्वास्थ्यमा केही समस्या देखिएपछि थप अनुसन्धानका लागि अस्पतालमा ल्याइएको र दुवैको स्वाब पुन: परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको मेसु उपाध्यायले बताए ।

रौहतहटका अन्सारीलाई उनको घरबाटै र भारत उत्तर प्रदेशका जमातीलाई भने वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको घरबाट आइतबार दिउँसो अस्पतालमा ल्याइएको हो ।

अस्पतालबाट बैशाख १४ मा डिस्चार्ज गरिएका तीन भारतीयलाई लकडाउनमा नाका बन्द रहेकाले भारत नपठाइ वीरगन्ज २ छपकैयाको यतिमखाना नजिकैको एक घरमा राखिएको थियो । रौतहटका अन्सारीलाई वैशाख १ मा कोभिड- १९ को संक्रमण पुष्टि भएपछि वैशाख २ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

तीन भारतीय जमातिलाई भने चैत ३० गते वीरगन्ज २ छपकैयाको मस्जिदबाट अस्पतालमा ल्याइएको थियो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्सारी र तीन भारतीय जमाती गरी ४ जनाको तेश्रो, चौथो र पाँचौ (वैशाख ४ , ८ र १२ गते ) पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ पठाएपछि अस्पतालले चारैजनालाई वैशाख १४ गते डिस्चार्ज गरी पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *