इटालीमा २ महिनापछि लकडाउन खुकुलो

बिदेश

काठमाडाैं । करिव २ महिनापछि इटालीले लकडाउन केही खुकुलो पारेको छ। लकडाउन खुकुलाे भएपछि मानिसहरु विस्तारै घरबाहिर निस्कन सकेका छन्।

उनीहरु अब आफन्तहरुको घरमा जान पाउनेछन्। पार्कमा जान सक्नेछन् भने रेष्टुरेन्टमा खाना प्याकिङ लिन जान पाउनेछन्। मानिसहरुले यो पनि आशा गरेका छन् कि उनीहरु अब काममा पनि जान पाउनेछन्।

करिव ४० लाख मानिसले काममा जाने आशा गरेका छन्। इटालीका प्रधानमन्त्री जिजेप्पी कौटेले संक्रमण फैलने दरलाई हेरेर क्रमशः लकडाउन खुलाउँदै जाने बताए। उनले मानिसहरुलाई कोरोना संक्रमण सकिएको नसम्झन आग्रह गरेका छन्।

कोरोना भाइरसका कारण इटालीमा हालसम्म दुई लाख १० हजारभन्दा धेरै मानिस संक्रमित भएका छन् भने २८ हजार ८ सय ८४ जनाले ज्यान गुमाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *