शेयर बजार परिसूचक नेप्सेमा ९ अङ्कको सुधार

अर्थ / वाणिज्य समाचार

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ ।

नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र म्युचल फण्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।

आइतबार जीवन बीमा समूहको शेयर १ सय ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ८० अङ्कले, माइक्रो फाइनान्स समूहको शेयर ८२ अङ्कले र उत्पादन समूहको शेयर १७ अङ्कले बढेको छ ।

आइतबार एक अर्ब ११ करोड १० लाख रुपैयाँ बराबरका २६ लाख ७८ हजार कित्ता शेयर किनबेच भएका छन् । सूर्योदय, महिला, एनआईसी एसिया र स्वरोजगार लघुवित्त वित्तीय संस्था, गणपत्री फाइनान्स वित्तीय संस्था, ओमी र मञ्जुश्री फाइन्सका शेयरधनीले आइतबार सबैभन्दा धेरै साढे ९ प्रतिशतको हाराहारीमा कमाएका छन् ।

तर जोशी हाइड्रोपावर र तिनाउ मिसन विकास बैंकका शेयरधनीले साढे पाँच प्रतिशत गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *