नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

मुख्य समाचार राजनीाति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ ।

केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्ने भनिएको थियो । तर फेरि ४ गते बस्ने भन्दै बैठक सारिएको हो ।

शुक्रबार विहान ११ बजेका लागि बोलाइएको बैठकमा सहभागि हुन अधिकांश स्थायी कमिटी सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेकै बेला दिउँसो ३ बजेका लागि भनेर समय सारिएको थियो ।

३ बजेका लागि बैठक सारेर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले अलग्गै छलफलमा बस्नु भएको थियो । स्थायी कमिटीका सदस्यहरु ३ बजेको बैठकका लागि प्रतीक्षामा रहेकै बेला ४ गते ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बैठक दुई दिनपछि साउन ४ गते ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *