लकडाउन पुनः २ हप्ता थप्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनको म्याद फेरि पनि थप्ने तयारी गरेको छ । पछिल्लो पटक वैशाख २५ गतेसम्म बढाइएको लकडाउनको म्याद फेरि पनि करिब २ हप्ताका लागि थप्न लागिएको हो । गृह मन्त्रालयका एक अधिकारीले आगामी जेठ १० गतेसम्म लकडाउन बढाउनका लागि सिफारिस गर्ने तयारी भइरहेको जानकारी दिए । […]

Continue Reading

सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालद्वारा उजुरी दर्ता

काठमाण्डौ।सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफू हरुलाई फसाउन खोजिएको भन्दै उजुरी दर्ता गराउनु भएको छ । राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उहाँहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफू हरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताउनु भएको हो । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र […]

Continue Reading

नेपालमा पहिलो पटक ७ वर्षको बच्चामा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा सात वर्षको बच्चामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार(आज) सात बर्षीय बच्चामा पनि कोरोना संक्रमण देखिएको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिए । तर संक्रमण देखिएका बालक […]

Continue Reading

एक साताअघि डिस्चार्ज गरिएका २ कोरोना संक्रमित फेरि अस्पताल भर्ना

वीरगन्ज । कोरोनाको उपचारपछि निको भएको भन्दै नारायणी अस्पतालबाट डिस्चार्ज गरी घर पठाइएका कोरोनाका संक्रमितमध्ये २ जनालाई फेरि अस्पतालमा ल्याएर भर्ना गरिएको छ । नारायणी अस्पतालबाट वैशाख १४ गते डिस्चार्ज गरिएका चारमध्ये २ संक्रमीतलाई हप्ता दिनपछि फेरि नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको हो । वैशाख १४ गते डिस्चार्ज गरी घर पठाइएका रौतहटको इशानाथ नगरपालिका ८ […]

Continue Reading

नेपालमा एकै दिन कोरोना भाइरसका दश संक्रमित थपिए

काठमाडौं । नेपालमा आज १० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा जानकारी दिँदै प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा ९ तथा पर्साका ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको बताए । नेपालगञ्जमा ७ देखि ५८ वर्षका ५ […]

Continue Reading

सरकारद्धारा यात्रु ओसारपसारमा रोक

काठमाडौं । सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ। राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले रोक लगाएको हो । गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले अहिलेलाई उद्धारमा रोक लगाइएको बताए । सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्यक सेवा बाहेकका सवारी साधन […]

Continue Reading

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं । नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वीरगन्जका २ पुरुषमा […]

Continue Reading

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार

काठमाडौं– साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं (टेकु) पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीका सांसदद्वय महेश बस्नेत तथा किसान […]

Continue Reading

उदयपुरमा एकैदिन ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

काठमाडौं। नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबारको नियमित पत्रकार सम्मेलनमा १ जना कोरोना संक्रमित थपिएको बताए । नयाँ संक्रमित उदयपुरका ३३ वर्षका पुरुष रहेको प्रवक्ता देवकोटाको भनाइ छ […]

Continue Reading