आज ४१८ जनामा कोरोना संक्रमण पुष्टि,३५८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा सोमबार थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा […]

Continue Reading

टिचिङमा उपचाररत कोरोना पोजिटिभ चिनियाँ नागरिकको मृत्यु

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको आइसियुमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ। ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा कोभिड फोकल पर्सन डा शन्तकुमार दासले जानकारी दिए। डा दासका अनुसार ती महिलामा मुटुको समस्या थियो। उनलाई श्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि पोखराबाट सुरुमा ग्रान्डी अस्पतालमा ल्याइएको थियो। ग्रान्डीबाट उनलाई थप उपचारका […]

Continue Reading

काेराेना संक्रमितकाे संख्या १८ हजार नाघ्याे, आज थप १ सय जनामा संक्रमण

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गर्दा एक सयजनामा संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Continue Reading

भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो

काठमाडौ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३४ हजार ९५६ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले शुक्रबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ९५६ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार […]

Continue Reading

शेयर बजार परिसूचक नेप्सेमा ९ अङ्कको सुधार

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ । नेप्से आज ९ दशमलव शून्य २ अङ्कले बढेर १३ सय ४० दशमलव २९ बिन्दुमा पुगेको छ । जलविद्युत्, होटल, बैंक, विकास बैंक र म्युचल फण्डबाहेक अरु समूहको शेयर सामान्य बढेको छ । आइतबार जीवन बीमा समूहको शेयर १ सय ९५ अङ्कले, निर्जीवन बीमा समूहको […]

Continue Reading

कर्णाली प्रदेशलाई १ हप्ताका लागि पूर्ण सिल गरिने

वीरेन्द्रनगर । कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको छ । छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमितहरु देखिएपछि परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश नै सिल गर्ने निर्णय गरेको हो । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले १ हप्ताका […]

Continue Reading

स्याङ्जामा फेला परे डेङ्गुका बिरामी

वालिङ। स्याङ्जाको वालिङमा डेङ्गुका बिरामी फेला परेका छन् । पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । डेङ्गुका बिरामी फेला परेसँगै वालिङ नगरपालिकाले यो रोग नियन्त्रणका लागि छिट्टै […]

Continue Reading

नेपालमा पहिलो पटक ७ वर्षको बच्चामा पनि कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा सात वर्षको बच्चामा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आइतबार(आज) सात बर्षीय बच्चामा पनि कोरोना संक्रमण देखिएको जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज कोरोना पुष्टि भएका नेपालगञ्जका ९ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको जानकारी दिए । तर संक्रमण देखिएका बालक […]

Continue Reading

कोरोना अपडेटः विश्वभर २ लाख ४४ हजारको मृत्यु

काठमाडौं । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र १ हजार ६९१ जनाको मृत्यु भएको छ ।

Continue Reading

जंगली च्याउ खाँदा अर्घाखाँचीमा १ को मृत्यु, ३ जना अस्पताल भर्ना

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा आज एक जनाको ज्यान गएको छ । घटनामा तीन जना बिरामी परेका छन् । जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारमध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो । मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी […]

Continue Reading